आदर्श लघुवित्तको नाफा १७ लाख ३१ हजार

0
Shares

आदर्श लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म १७ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यसअवधिमा लघुवित्तले ८ करोड ८३ लाख निक्षेप संकलन गरेर १० करोड ५७ लाख कर्जा प्रवाह गरेको छ । जसबाट १ करोड १ लाख खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्तको चुक्तापूँजी एक करोड ४० लाख छ भने जगेडाकोषमा १७ लाख ३१ हजार राखेको छ । आदर्शको खराब कर्जा ०.३१ प्रतिशतर कस्ट अफ फन्ड ७.८३ प्रतिशत रहेको छ ।

केन्द्रीय कार्यालय बर्दिवास मोहत्तरीमा रहेको आदर्श लघुवित्त २०७५ साल पुस १ गतेदेखि सञ्चालनमा आएको हो । लघुवित्तले १० जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरेर सेवा दिंदै आएको छ । लघुवित्तले साधारण शेयर निष्काशन गर्न बाँकी छ ।

 

प्रकाशित मिति: २७ श्रावण २०७६, सोमबार  ११ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।