घर कर्जामा सहुलियत, ऋण भुक्तानी आम्दानी अनुपात ६० प्रतिशत कायम

0
Shares

नेपाल राष्ट्र बैंकले स्वप्रयोजनका लागि निर्माण/खरिद गरिने कर्जामा सुहलियत दिएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्ध बार्षिक समीक्षा मार्फत घर कर्जामा सरल बनाएकोे हो।

केन्द्रीय बैंकले घरको लागि प्रदान गरिने कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात अधिकतम ६० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरेको छ । यसअघि यस्तो अनुपात ५० प्रतिशत कायम रहनुपर्ने व्यवस्था थियो।

नियमानुसार दर्ता भएका घर जग्गा व्यवसाय कम्पनीहरुले सञ्चालन गर्ने नेपाल सरकारको सम्वन्धित निकायबाट अनुमति प्राप्त आयोजनाका लागि प्रदान गरिने कर्जाको ऋण मूल्य अनुपात महानगरपालिका, उपमहानगरपालिका र काठमाडौं महानगरपालिकासँग जोडिएका नगरपालिका क्षेत्रमा अधिकतम ५० प्रतिशत तथा सो बाहेकका क्षेत्रमा ६० प्रतिशत कायम गरेको छ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले आवधिक, घर तथा हायर पर्चेज कर्जामा आफ्नो आम्दानीको ५० प्रतिशतभन्दा बढी ऋणीले लिन नपाइने व्यवस्था गरेको थियो।

बैंक तथा व्यवसायीहरुको चर्के विरोधका कारण केन्द्रिय बैंकले कर्जामा ऋण भुक्तानी आम्दानी अनुपातमा केही खुकुलो नीति लिएको हो ।

स्वप्रयोजनका लागि निर्माण/खरिद गरिने पहिलो घर तथा ५० लाखदेखि २ करोड रुपैयाँ, कृषि, पर्यटन, साना तथा मझौला पेशा/व्यवसायका लागि कर दाखिला कागजातको आधारमा कर्जा प्रदान/नवीकरण गर्न सक्ने व्यवस्था गरेको हो ।

कर्जाका लागि कर चुक्ताको प्रमाणपत्र अनिवर्या गरेको केन्द्रिय बैंकले बैंकहरुले कर्जा प्रबाह गर्न नसकेपछि कर्जा चुक्ताको सट्टामा दाखील कागजका आधारमा नै ऋण दिने व्यवस्था गरेको हो