एनआइसी एशिया लघुवित्तको आईपिओ पहिलो दिनमै सबै बिक्यो

0
Shares

एनआइसी एशिया लघुवित्तले निष्काशन गरेको आईपिओ पहिलो दिनमै सबै बिक्री भएको छ ।

लघुवित्तले बिक्रीमा ल्याएको आइपीओमा असार १० गते बेलुका ५ बजेसम्ममा ७५ हजार आवेदकबाट ४४ करोड ५० लाख रुपैयाँ बराबरको ४४ लाख ५० हजार शेयर खरिदको माग राखी आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

लघुवित्तले सर्वसाधारका लागि ४४ लाख ४३ हजार २०० कित्ता शेयर बिक्री खुल्ला गरेको थियो। लघुवित्तले बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो ।

लघुवित्तको आइपीओमा आवेदन दिन चाहानेहरुले असार १४ गतेसम्म आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ ।

एनआईसी एशिया लघुवित्तको आईपीओमा लगानी गर्नुपुर्व जान्नुहोस् कम्पनीको विस्तृत विवरण

लघुवित्त क्षेत्रको सबैभन्दा ठूलो आईपिओको बिक्री खुल्यो, कति कित्ता भर्ने ?

प्रकाशित मिति: १० असार २०७७, बुधबार  १८ : ०० बजे