सानिमा जनरल इन्स्योरेन्सले माग्यो आईपीओ जारी गर्ने अनुमति

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१५श्रावण, २०७७, बिहीबार / Jul 30, 2020 10:18:am

सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणलाई आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ।

इन्स्योरेन्सले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्री गर्न असार १४ गते बोर्डमा निवेदन दिएको हो।

सर्वसाधारणलाई आईपीओ बिक्रीका लागि कम्पनीले आईपीओ रेटिङ्ग सम्पन्न गरिसकेको छ। कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको संकेत गर्ने केयर एनपी बीबी प्लस रेटिङ प्रदान गरेको छ । कम्पनीले यस अघिनै आईपीओ

निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरिसकेको छ ।

गत माघ २४ गते सम्पन्न कम्पनीको वार्षिक साधारणले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले संस्थापकहरुबाट ७० करोड चुक्तापूँजी कायम गरिसकेको छ । सर्वसाधारणलाई ३० करोड बराबरको आईपीओ बिक्री गरेपछि कम्पनीको चुक्तापूँजी एक अर्ब पुग्नेछ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments