भर्खरै आईपीओ जारी गरी बाँडफाँड गरेर दोस्रो बजारमा शेयर कारोबार खुल्न लागेको जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले शेयर रजिष्ट्रार चयन गरेको छ ।
इन्स्योरेन्स कम्पनीले कुमारी क्यापिटल लिमिटेड नक्साललाई धितोपत्र कारोबारको सम्पूर्ण कार्य गर्नका लागि शेयर रजिष्ट्रार नियुक्त भएको छ ।
इन्स्योरेन्स कम्पनी कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार असोज २६ गते, सोमबारदेखि लागू हुने गरी कुमारी क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
यससँगै कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि कुमारी क्यापिटल मार्फत हुनेछ ।
संगठित संस्थाहरुको धितोपत्र कारोबार सम्बन्धी रेकर्ड राखिदिने र दाखिल खारेज वा नामासारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न जिम्मा लिने संस्थालाई शेयर रजिष्ट्रार भनिन्छ।
- जनरल इन्स्योरेन्सको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा, कतिमा खुल्ला पहिलो कारोबार ?
- जनरल इन्स्योरेन्सको आईपीओ रिजल्ट नोटबजारमा हेर्नुहोस्
- जनरल इन्स्योरेन्सको आईपीओ ५ लाख २४ हजार आवेदकले पाएनन्
- जनरल इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड हुने
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया