शुक्रबार र शनिबार काठमाडौं उपत्यका बाहिर जान पाइने, आउन नपाइने

0
Shares

सरकारले लक डाउनका कारण काठमाडौंमा रहेकालाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरेको छ।

बिहीबार रक्षा मन्त्रालयमा बसेको मन्त्रीहरूको बैठकले मापदण्ड बनाएर दुई दिन उपत्यकाबाहिर जान चाहनेलाई जान दिने निर्णय गरेको हो।

लक डाउनको बेला मानिसहरू हिँडेरै टाढा-टाढा आफ्नो गृहजिल्ला जाने गरेपछि सरकारले दुई दिन उपत्यका बाहिर जान दिने भएको हो।

यो अवधि काठमाडौं उपत्यकाभित्र आउन भने पाइने छैन। बाहिर जान चाहनेलाई स्थानीय तहसँग समन्वय गरी पठाउन लागिएको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहिबार  १६ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।