इतिहासमा के गल्ती भयो र कसले गल्ती गर्यो समीक्षा गरिनु पर्छ : उपेन्द्र यादव


जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा इतिहासमा नेपालको तर्फबाट भएका गल्ती र कमीकमजोरीको समीक्षा गरिनु पर्ने बताएका छन् ।

संविधान संशोधन विधेयक माथिको दफावर छलफलका क्रममा यादवले आन्तरिक रुपमा जे जस्ता समस्या भए पनि राष्ट्रियताको सवालमा आफूहरु पछि नपर्ने भन्दै मधेशी भएकै कारण विभेदपूर्ण व्यवहार गर्ने क्रम रोक्न आग्रह गरे ।

यादवको भनाई जस्ताको त्यस्तै भिडियोमा हेर्नुहोस् ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७७, शनिबार  १५ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।