बजेट अधिवेशन स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय

0
Shares

मन्त्रीपरिषद्को बैठकले संघीय संसदको बजेट अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको बैठकले बजेट अधिवेशन स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयपछि आजै राष्ट्रपतिले अधिवेशन अन्त्य भएको घोषणा गर्नेछन्।

मन्त्रिपरिषद् बैठक बस्नुअघि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितलनिवासमा छलफल भएको थियो।

प्रकाशित मिति: १८ असार २०७७, बिहिबार  १२ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।