साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ शेयरधनीको डिम्याट खातामा आएको छ । उक्त कम्पनीको आईपीओलाई ‘एसडिएलबिएसएल’ संकेत दिइएको छ ।
कम्पनीले असार २१ गतेदेखि २४ गतेसम्म ६ लाख ६१ हजार ५२० कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गरेको थियो । उक्त आईपीओ ६६ हजार १५२ जनाले १० कित्ता पाएका थिए । हाल आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ ।
आईपीओ निष्कासन बाँडफाडपछि कम्पनीको चुक्तापूँजी २१ करोड ७७ लाख पुगेको छ । संस्थापक शेयरको हिस्सा ६७ दशमलव ५० प्रतिशत र सर्वसाधारणको ३२ दशमलव ५० प्रतिशत पुगेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया