बुधबार स्पशेल प्रि-ओपन सेसनमा नै अधिकतम कारोबार रेञ्ज ३११ रुपैयाँमा २० कित्ता कारोबार भएको सानिमा जनरल इन्स्योरेन्सको शेयरको धितोपत्रको दोस्रो बजारमा उच्च माग देखिएको छ ।
बजारमा कम्पनीको शेयर बिक्रीकर्ता शुन्यप्राय देखिएका छन् भने कम्पनीको शेयरको उच्च माग भएको छ ।
समाचार तयार पार्दासम्म कम्पनीको शेयर सर्किट मूल्य ३४२ रुपैयाँमा ३ लाख २७ हजार ४६६ कित्ताको माग नेप्सेको मार्केट डेप्थमा देख्न सकिन्छ । यस अवधिमा कम्पनीको ८० कित्ता शेयर २६ हजार १०२ रुपैयाँमा कारोबार भएको छ ।

आजैबाट शेयर कारोबार खुलेकाले कम्पनीको शेयरमूल्य बढ्दै जाने हुँदा सस्तो मूल्यमा धेरै माग आएको हो । यद्यपी कम्पनीको शेयर २ लाख ७३ हजार जना लगानीकर्ताले मात्र १० कित्ताका दरले प्राप्त गरेकाले सबै शेयर बिक्रीमा आउने अवस्था छैन। आईपीओ पाएका कतिपय लगानीकर्ताहरुको दोस्रो बजारमा कारोबारका लागि ट्रडिङ्ग खाता समेत छैन भने कतिपयले दीर्घकालीन लगानीको हिसाबले आईपीओ हालेकाले शेयर बिक्री गर्दैनन्।
करिब ९ लाख नै आइपीओ आवेदक पुगिसकेको अवस्था ७० प्रतिशत आइपीओ आवेदकले नै शेयर पाउन सकेका छैनन् भने दोस्रो बजारमा कम्पनीको शेयर पाएका पनि मूल्य अझ धेरै बढ्ने हुँदा तत्काल बिक्रीको लागि तयार हुँदैनन् । जसले गर्दा नयाँ कारोबार खुल्ने कम्पनीमा खरीद चाप उच्च र बिक्री चाप शुन्य प्राय हुने गरेको छ । नयाँ कम्पनीको हिसाबमा ५।६ दिन सकारात्मक सर्किट सामन्य जस्तै बनिसकेको छ । यसले पनि कम्पनीको शेयर भोल्यूम बिक्रीमा नआउँदासम्म शेयर खरीद गर्न चाहनले शेयर प्राप्त गर्नसक्ने अवस्था रहँदैनन्।
विशेषगरी नयाँ कम्पनीको सुरुवाति कारोबार समयको हकमा माग उच्च हुँदा सुरुमा उच्च रुपमा मूल्य बढ्ने र एउटा बिन्दुमा पुगपछि शेयर बिक्रीकर्ता हाबी हुन थालेपछि शेयरमूल्य घट्ने अवस्था आउने गरेको छ ।
धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि इन्स्योरेन्सले कात्तिक १८ गते नेप्सेमा ३० लाख कित्ता आईपीओ सहित १ करोड कित्ता शेयर सूचीकरण गरेको थियो। नेप्सेमा कारोबारका लागि कम्पनीलाई एसजीआई कारोबार संकेत प्रदान गरिएको छ ।
इन्स्योरेन्सले असोज २१ गते देखि असोज २५ गतेसम्म कूल ३० करुोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर सर्वसाधारणमा जारी गरेर असोज ३० गते शुक्रबार बाँडफाँड गरिएको थियो। उक्त आईपीओ कार्तिक १४ गते शुक्रबार लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको थियो भने १८ गते नेप्सेमा सूचीकृत भएको हो ।
इन्स्योरेन्सको आइपीओमा ८ लाख ६६ हजार ९०५ वटा आवेदन परेकोमा ३ हजार ३६० वटा आवेदन रद्ध गरी बाँकी ८ लाख ६० हजार २२५ योग्य आवेदकमध्ये ५ लाख ९० हजार ५४५ जना आवेदकले शेयर प्राप्त गर्न सकेका थिएनन् । आईपीओ ६.८१ गुणा धेरै आवेदन परेको थियो ।
आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब पुगेको छ भने संस्थापक साधारण शेयर अनुपात ७०ः३० कायम भएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।







