धितोपत्र बोर्डलाई सर्वोत्तमको शेयर खरिद प्रकरणमा अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण


बुक विल्डिङ प्रणालीबाट साधारण शेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको छ ।

निष्काशन प्रकृयामा नै रहेका बेला सर्वोत्तमको शेयरमा धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र सञ्चालक समिति सदस्य एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरेको लगानीका सम्बन्धमा धितोपत्र बोर्डले स्पष्टिकरण सोधेको हो ।

मन्त्रालयले धितोपत्र बोर्डसँग सम्बन्धित विषयमा सार्वजनिक भएका समाचारहरुप्रति ध्यानाकर्षण भएको भन्दै यसको सत्य तथ्यका सम्बन्धमा ३ दिन भित्र जवाफ दिन आदेश दिएको हो ।

मन्त्रालयमा बोर्डका अध्यक्ष ढुङ्गाना र सदस्य ढकालले नियामकीय भूमिकामा रहेर नियमन गर्ने संस्थाको शेयर निष्काशन हुनु पहिले नै खरिद गरेको भन्दै छलफल भए पछि बुधबार नै प्रष्टीकरणका लागि पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस् ।

वरिष्ठ अधिवक्ता गान्धी पण्डित भन्छन् ‘धितोपत्र बोर्डका अध्यक्ष र सदस्यलाई ऐन अनुसार सजाय हुन सक्छ’

धितोपत्र बोर्डका अध्यक्ष र उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष नै शेयरको भित्री कारोबारमा संलग्न