नेप्सेमा बिहीबार यी पाँच कम्पनीको सेयरमूल्य भयो समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस १५ गते, बिहीबार विभिन्न पाँच कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।

नेप्सेका अनुसार यसदिन चिलिमे हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, समीट लघुवित्त, इन्फिनिटी लघुवित्त र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य समायोजन भएको हो ।

पाँचवटै कम्पनीले बिहीबार साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेसँगै नेप्सेले बोनस समायोजन गरी मूल्य तोकेको हो ।

नेप्सेले चिलिमे हाइड्रोपावरको ७.५० प्रतिशत, मञ्जुश्री फाइनान्सको ४० प्रतिशत, समीट लघुवित्तको २५.२८ प्रतिशत, इन्फिनिटी लघुवित्तको २७.७० प्रतिशत र एनआरएनको ५ प्रतिशत बोनस सेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

बोनस समायेजनपछि चिलिमे हाइड्रोपावर ४६७.८१ रुपैयाँ, मञ्जुश्रीको ६७०.७१ रुपैयाँ, समीटको ११६५.३४ रुपैयाँ, इन्फिनिटीको १३०७.७५ रुपैयाँ र एनआरएनको ५११.४३ रुपैयाँ निर्धारण भएको नेप्सेले जनाएको छ । बिहीबार समायोजन भएको सेयरमूल्यलाई आधार मानेर अब पुस १८ गते आइतबार पाँचवटै कम्पनीको धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार सुचारु हुनेछ । बिहीबार तमु ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज सेयर कारोबार बन्द छ ।

नेप्सेले अघिल्लो कारोबार बुधबारको अन्तिम मूल्यमा बोनस समायेजन गरी मूल्य तोकेको हो । बुधबार चिलिमे हाइड्रोपावरको सेयर प्रतिकित्ता ५०२.९० रुपैयाँ, मञ्जुश्रीको ९३९ रुपैयाँ, समीट लघुवित्तको १४६० रुपैयाँ, इन्फिनिटी लघुवित्तको १६७० रुपैयाँ र एनआरएनको ५३७ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

लाभांश पारित सहितका अन्य एजेण्डा पारित गर्न चिलिमेले पुस २३ गते शुक्रबार २५ औँ वार्षिक साधारण सभा, मञ्जुश्रीले पुस २९ गते बिहीबार चौधौँ वार्षिक साधारण सभा, समीटले पुस २४ गते शनिबार, आँबुखैरेनी रेष्टुराँ एण्ड पार्टी प्यालेस, आँबुखैरेनी, तनहुँमा तेह्रौँ वार्षिक साधारण सभा, इन्फिनिटीले पुस २७ गते मंगलबार होटल द नारायणी, गैंडाकोट, नवलपरासीमा पाँचौं वार्षिक साधारण सभा र एनआरएनले पुस २९ गते आम्रपाली ब्यान्क्वेट, काठमाडौंबाट भर्चुअल माध्यममा ९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

थप समाचार सामाग्रीका लागि तलका लिङ्कहरू राखिएका छन्ः-

चिलिमे, मञ्जुश्री, समीट र इन्फिनीटीको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

एनआरएन इन्फ्रास्टक्चरको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

मञ्जुश्री फाइनान्सले ४६ प्रतिशत लाभांश वितरण गर्ने

एनआरएन इन्फ्रास्टक्चरले डाक्यो पुस २९ गते ९ औं वार्षिक साधारण सभा

एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश प्रस्ताव

समीट लघुवित्तको साधारण सभा पुस २४ गते

समीट लघुवित्तको आकर्षक लाभांश प्रस्ताव

चिलिमे जलविद्युतको २५ औं वार्षिक साधारण सभा पुस २३ गते

चिलिमे जलविद्युतले अघिल्लो वर्षको भन्दा घटाएर घोषणा गर्यो लाभांश

इन्फिनिटी लघुवित्तको एजिएम पुस २७ गतेः २९% लाभांश अनुमोदन हुने

इन्फिनिटी लघुवित्तको आकर्षक लाभांश प्रस्ताव

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १५ पुस २०७८, बिहिबार  १२ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।