गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हालसम्म ९ जलविद्युत कम्पनीले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।
सूचीकृत ४६ जलविद्युत कम्पनी औषत लाभांश १३.०३ प्रतिशत देखिएको छ । जसमा बोनस शेयर औषतमा ९.७२ प्रतिशत र नगद लाभांश औषतमा ३.३१ प्रतिशत छ ।
हालसम्म नेप्सेमा सूचीकृत ४६ कम्पनीमध्ये अझै ३७ ले लाभांश घोषणा गर्न बाँकी छ ।

हालसम्म प्रस्तावित लाभांशमा ङादी ग्रुप पावरले सबैभन्दा धेरै २१.०५ प्रतिशत (२० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद) लाभांश घोषणा गरेको छ भने बुटवल पावरले सबैभन्दा कम १३.०३ प्रतिशत (९.७२ प्रतिशत बोनस र ३.३१ प्रतिशत नगद) लाभांश प्रस्ताव गरेको छ ।
लाभांश प्रस्ताव गरेका ९ वटै जलविद्यूत कम्पनीले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया