इसेवा सेवा मनी ट्रान्सफर र विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको मलेशियाको अग्रणी रेमिट्यान्स् कम्पनी ट्राङ्लोबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।
सम्झौतासँगै मलेशिया लगायत ट्राङ्लोको नेटवर्क रहेका मुलुकहरुमा रहेका नेपालीहरूले इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सक्ने छन् । साथै नेपालमा रहेका इसेवा मनी ट्रान्सफरका ८ हजार भन्दा धेरै एजेन्ट मार्फत पैसा पाउन सकिनेछ । ५० लाखभन्दा बढि प्रयोगकर्ताहरु रहेको ईसेवा वालेटमा ट्राङ्लोको नेटवर्क मार्फत आएको रेमिट्यान्स् लोड गर्दा ७७ रुपैंयाको वालेट बोनस प्राप्त हुनेछ । यसका साथै, सिधै बैंक खातामा पनि रेमिट्यान्स् रकम प्राप्त गर्न सकिनेछ ।
ट्राङ्लोसँगको सम्झौतासँगै इसेवामनी ट्रान्सफरका प्रबन्ध निर्देशक, अजेस कोइरालाले विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको अग्रणी क्रस–बोर्डर भुक्तानी सेवा प्रदायक कम्पनीसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गर्न पाएकोमा उत्साहित रहेको बताए । यसले इसेवा मनी ट्रान्सफरको नेटवर्कलाई अझ विस्तार गर्नुका साथै अधिकांस बाहिरी मुलुकबाट नेपालमा सहजै रेमिट्यान्स् भुक्तानी गर्ने एउटा भरपर्दो माध्यम थपिएको उनको भनाई थियो ।
सन् २००८ मा स्थापित भएको ट्राङ्लो मलेसियाको अग्रणी रेमिट्यान्स् कम्पनी हो । ट्राङ्लो एसियाकै अग्रणी क्रस बोर्डर भुक्तानी सेवा प्रदायक बनिसकेको छ । जसले एयरटाइम टप अप मात्र नभई विदेशी रेमिट्यान्स् भुक्तानीका लागि पनि स्मार्ट सेवाहरू प्रदान गर्दै आएको छ । विश्वका १२८ देशमा सञ्जाल स्थापना गरेको ट्राङ्लोको हाल १ हजार ३०० वटा पे आउट पार्टनर्सहरु छन् भने यसका प्रमुख कार्यलयहरु क्वालालम्पुर, लण्डन, जकार्ता, युनाइटेड अरब इमिरेट्स, र सिङ्गापुरमा रहेका छन् ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८ हजार भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दशलाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया