प्राइम, यूनियन र गुराँस लाइफलाई मर्जरमा जान बीमा समितिको सैद्धान्तिक सहमति

✍️ नोटबजार संवाददाता ।
काठमाण्डौं ।
३जेष्ठ, २०७९, मंगलवार / May 17, 2022 14:47:pm

जीवन बीमा कम्पनीहरुमा पहिलो पटक मर्जर सम्झौता गरेका तीन बीमा कम्पनीलाई बीमा समितिले सैद्धान्तिक सहमति दिएको छ ।

समितिले प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्सलाई एक आपसमा मर्जर हुनका लागि सैद्धान्तिक सहमति दिएको हो ।

मर्जरमा जाने सहमति गरेको एक साता नबित्दै समितिले तीन कम्पनीलाई मर्जरमा जानका लागि बाटो खोलिदिएको हो ।

बीमक गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्देशिका २०७६ अनुसार मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको बीमा समितिले जनाएको छ । मर्जर प्रकृया अघि बढाउनका लागि मूल्याङ्कनकर्ता नियुक्त गरी समितिलाई विवरण बुझाउन निर्देशन दिइएको पनि समितिले जनाएको छ ।

प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको नेप्सेमा सेयर कारोबार रोक्का

कफि गफले जुराएको ३ बीमा कम्पनीको मर्जरले २० व्यवसायिक घराना एकै ठाउँमा

तीन जीवन बीमा कम्पनीका बिचमा भयो मर्जर सम्झौता

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments