ट्रकमा ओसारपसार भईरहेको २७० किलो गाँजा प्रहरीको नियन्त्रणमा


बीरगञ्जस्थित परवानीपुरमा ट्रकमा ओसारपसार भईरहेको २७० किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ । परवानीपुरको बाटो हुँदै लागु औषध गाँजा ओसार पसार भैरहेको भन्ने सूचनाको अधारमा खटिएको प्रहरीको टोलीले भारतीय नम्बर प्लेटमा उक्त परिमाणको गाँजा फेला पारेको हो ।

प्रहरीका अनुसार यूपी २१ एएन ९९५७ नम्बरको भारतीय ट्रकको चालक बस्ने क्यावीनमा लुकाइछिपाइ राखेको अवस्थामा २७० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

बराम भएको गाँजा, ट्रक सहित २ जना भारतीय नागरिकलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

भारतको बिहारस्ति मोतीहारी विजेश कुमार यादव र बिहारकै पूर्वी चम्पारण पलडवाका धर्मेन्द्र यादवमाथि लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाई छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ असार २०७९, बिहीबार  १५ : १८ बजे