एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल बल्लभ पन्तलाई दोहोरिएका छन् ।
कम्पनी सञ्चालक समितिको बैठकले असोज १३ गते बिहीबार सम्पन्न ३७७ औं बैठकले पन्तलाई असोज २४ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि एक कार्यकाल थप गरी पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि सञ्चालक समितिको बैठकले सीईओ पन्तलाई पुनः नियुक्ती गर्ने निर्णय गरी स्वीकृतिका लागि समितिमा पेश गरेकोमा असोज ११ गते समितिबाट स्वीकृत भएको थियो ।
विसं २०७५ साल असोज १९ गते सीईओ पदमा नियुक्त भएका पन्तको पहलिो कार्यकाल असोज १८ गते सकिएको थियो ।
एनएलजी इन्योरेन्स कम्पनी निर्जीवन बीमा कम्पनीहरु मध्येमा शीर्ष पाँच कम्पनीमध्येको एक हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया