वैदेशिक रोजगारीमा गएकाले कुन–कुन बैंकमा अनलाइनबाट रेमिट्यान्स खाता खोल्न सक्छन् ?


नेपाल धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अनुसार बैदेशिक रोजगारीमा गएकाहरुले आरक्षित सेयरमा आवेदन दिन सक्छन् । यसका लागि रेमिट्यान्स खाता अनिवार्य गरिएको छ ।

यस्तो खाता सञ्चालनका लागि श्रम स्वीकृति, राहदानी, भिसा अनिवार्य गरिएको छ । यसका साथै नागरिकता, पासपार्ट साइजको फोटो, हस्ताक्षरको फोटो लगायत पनि अनलाइनमा अपलोड गर्नुपर्ने हुन्छ ।

बैंक अनुसार फरक फरक शैलीमा अनलाइनबाट खाता खोल्न फारम भरे पछि बैंकहरुले भिडियो केवाइसीका लागि सम्पर्क गर्छन् । केही बैंकको हकमा उपलब्ध गराइएको सम्पर्क विबरणमा सम्पर्क गरि भिडियो केवाइसी गर्नुपर्ने हुन्छ । यसका लागि कुनै पनि मुलुकमा रहेका सेवाग्राहीले आफ्नो सही सम्पर्क विबरणहरु उपलब्ध गराउनु पर्ने हुन्छ ।

केही बैंकले धितोपत्र बोर्डको व्यवस्था पछि आईपिओ खाता नै सञ्चालन गरेका छन् भने केहीले यस अघि नै सञ्चालन गरिरहेको खाता योजनालाई निरन्तरता दिएका छन् । सबै किसिमका खाताहरुमा भिडियो केवाइसी हुने भएकाले सेवाग्राहीले उक्त समयमा सेयर बैदेशिक रोजगारीमा गएकाहरुले सेयर भर्न मिल्ने बैंक खाता खाल्ने जानकारी गराई मागिएका कागजात उपलब्ध गराउनु पर्ने हुन्छ ।

आफ्नो खाता रहेको आस्वा सदस्य बैंक वित्तीय संस्थाको वेबसाइटमा गई उपलब्ध सम्पर्क नम्बर, इमेल तथा अन्य माध्यमबाट पनि खाता रुपान्तरण तथा अनलाइन आवेदनका सम्बन्धमा जानकारी तथा सुझाव माग्नु पर्ने हुन्छ ।

यहाँ विभिन्न बैंकहरुको अनलाइनबाट नयाँ खाता खोल्न सकिने लिंक तथा सम्पर्क लिंकहरु सूचीमा राखिएको छ । हाइपरलिंक गरिएका अक्षरमा क्लिक गरी खाताको आवेदन दिने अनलाइनमा पुग्न तथा सम्पर्क गर्न सकिन्छ ।

अनलाइनबाट आवेदन दिने क्रममा नेपालबाट वा नेपाल बाहिरबाट भन्ने विकल्पमा नेपाल बाहिरबाट भन्ने विकल्प छनौट गर्नुपर्ने हुन्छ ।

१. एनआईसी एशिया बैंक ।। सम्पर्क विबरण ।

२. प्रभु बैंक ।। सम्पर्क विबरण ।

३. ग्लोबल आईएमई बैंक ।। सम्पर्क विबरण ।

४. कृषि विकास बैंक । सम्पर्क विबरण ।

५. राष्ट्रिय वाणिज्य बैंक ।। सम्पर्क विबरण ।

६. नेपाल बैंक ।। सम्पर्क विबरण ।

७. सिटिजन्स बैंक इन्टरनेशनल ।। सम्पर्क विबरण ।

८. सिभिल बैंक ।। सम्पर्क विबरण ।

९. एनएमबि बैंक ।। सम्पर्क विबरण ।

१०. नबिल बैंक ।। सम्पर्क विबरण ।

११. लक्ष्मी बैंक ।। सम्पर्क विबरण ।

१२. कुमारी बैंक ।। सम्पर्क विबरण ।

१३. नेपाल इन्भेष्टमेण्ट बैंक ।। सम्पर्क विबरण ।

१४. हिमालयन बैंक ।। सम्पर्क विबरण ।

१५. प्राइम कमर्शियल बैंक ।। सम्पर्क विबरण ।

१६. एभरेष्ट बैंक ।। सम्पर्क विबरण ।

१७. बैंक अफ काठमाण्डू ।। सम्पर्क विबरण ।

१८. एनसीसी बैंक ।। सम्पर्क विबरण ।

१९. मेगा बैंक ।। सम्पर्क विबरण ।

२०. सानिमा बैंक ।। सम्पर्क विबरण ।

२१. सेञ्चुरी कमर्शियल बैंक ।। सम्पर्क विबरण ।

२२. सिद्धार्थ बैंक ।। सम्पर्क विबरण ।

२३. माछापुच्छ्रे बैंक ।। सम्पर्क विबरण ।

२४. सनराइज बैंक ।। सम्पर्क विबरण ।

२५. नेपाल एसबिआई बैंक ।। सम्पर्क विबरण ।

२६. स्टाण्डर्ड चार्टर्ड बैंक ।। सम्पर्क विबरण ।

वाणिज्य बैंकका साथै अन्य आस्वा सदस्य बैंक वित्तीय संस्थाको सूची तथा सम्पर्क विबरण यहाँबाट पनि हेर्न सकिन्छ ।

सेयर आवेदन गर्नका लागि निक्षेप सदस्यहरुको वेबसाइटबाट बैंक खाता जसरी नै डिम्याट खाता पनि खोल्न सकिन्छ । नयाँ बैंक खाता खोल्नेहरुले खाता सुचारु भएपछि र पुराना खाता रुपान्तरण गर्नेहरुले रुपान्तरण पछि डिम्याट खाता र मेरो सेयरका लागि आवेदन दिनुपर्ने हुन्छ । पहिले नै डिम्याट खाता तथा मेरो सेयर लिएकाहरुले बैंक खाता रुपान्तरण भए पछि वा उक्त प्रकृयामा बैंकसँग नयाँ सिआरएन नम्बर माग गर्नुपर्ने हुन्छ ।

माथि उल्लेख गरिएका अधिकांश बैंकहरुले डिम्याट खाता पनि साथमा खोल्न सक्ने व्यवस्था गरेका छन् । एउटै बैंकमा बैंक खाता र डिम्याट खाता खोल्दा सेवाग्राहीलाई प्रकृयागत सहजता हुन्छ । अन्य निक्षेप सदस्यकोमा पनि डिम्याट खाता खोल्न सकिन्छ ।

प्रभु क्यापिटलले सञ्चालनमा ल्यायो ‘रेमिट्यान्स डिम्याट खाता’, निःशुल्क स्कीम

डिम्याट खाता खोल्न तथा मेरो सेयर लिन सकिने निक्षेप सदस्यको सूची यहाँ क्लिक गरेर हेर्न तथा सम्पर्क गर्न सकिन्छ ।

अहिले मंसिर १४ गतेदेखि बैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गर्दै कालिन्चोक केबलकारले १ लाख ८ हजार कित्ता सेयर निष्काशन गरिरहेको छ । निष्काशन सुरु भएको ५ दिनमा मंसिर १८ गते आइतबारसम्ममा जम्मा ७६१ वटा मात्र आवेदन परेको केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) ले जनाएको छ ।

मंसिर महिनामै अरु सेयर निष्काशन हुँदैछन् ।

OLD IPO news links

 

प्रकाशित मिति: १८ मंसिर २०७९, आइतबार  १९ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।