सिटिजन्स बैंकको सहायक कम्पनी सि.बि.आई.एल. सेक्यूरिटिज संचालनमा आएको छ । शनिबार एक समारोहका बीच सिटिजन्स बैंकको संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डले कम्पनीको विधिबत उदघाटन गरी कम्पनीको टिएमएस सेवा संचालनमा ल्याएका हुन् ।
कम्पनील नेपाल धितोपत्र वोर्डवाट साउन ३२ गते र नेपाल स्टक एक्सचेन्ज लिमिटेडवाट मिति असोज २९ गते धितोपत्र दलाल नं.९१ सदस्यता प्राप्त गरिएको थियो ।
कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष पाण्डेले संस्थाको पूर्ण सफलताको कामना गर्दै धितोपत्र बजारमा सि.बि.आई.एल. सेक्यूरिटिजले आफनो छुट्टै पहिचान बनाउने धारणा व्यक्त गरेका छन् ।
उक्त उदघाटन समारोहमा सिटिजन्स बैंकका संचालकहरु , प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन लगायत उक्त सेक्यूरिटिजका संचालकहरु, कम्पनी कर्मचारीहरुको उपस्थिति थियो ।
धितोपत्र बजारमा एक विश्वसनीय धितोपत्र दलालको रुपमा स्थापित हुने उद्देश्यले स्थापित यो कम्पनीमा अनुभवी कर्मचारीद्वारा छिटो एवं छरितो सेवा प्रदान हुने र यसको प्रधान कार्यालय, कुपण्डोल, ललितपुरमा रहेको छ ।

यस कम्पनीले आफना ग्राहकलाई ब्रोकर खाता खोल्ने सेवा लगायत डिम्याट खाता तथा केन्द्रीयकृत प्थ्ऋ खोल्ने सेवा समेत प्रदान गरिने व्यवस्था गरिएको छ ।
यसको साथै यस कम्पनी सिटिजन्स बैंक लिमिटेडको कुपण्डोल शाखा भवनमा रहेको हुँदा ग्राहकहरुले बैंक खाता खोल्न तथा शेयर धितो कर्जा समेत एकै भवनवाट सेवा प्राप्त गर्न सक्नेछन् ।
सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको यो पहिलो संस्था हो । यस अघि बैंकले आफ्नो प्रमुख लगानीमा सिटिजन्स क्यापिटल लिमिटेड पनि स्थापना गरि संचालनमा ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया