विद्युतीय भुक्तानी सेवा प्रदायकले गुनासो सुन्न कम्तिमा १६ घण्टा हेल्पडेक्स सञ्चालन गर्नुपर्ने

0
Shares

विद्युतीय भुक्तानी सेवा प्रदायक संस्थाहरुले गुनासो सुनवाईका लागि कम्तिमा १६ घण्टा तथा कार्डसम्बन्धी समस्याको तत्काल समाधान गर्न २४ घण्टा हेल्प डेक्स सञ्चालन गर्नुपर्ने भएको छ ।

दिनप्रतिदिन बढिरहेको विद्युतीय कारोबारको अवस्था र विद्युतीय माध्यमको प्रयोगलाई अझ भरपर्दौ बनाउने उदेश्यले नेपाल राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो ।

ग्राहकहरुलाई विद्युतीय सेवा उपलब्ध गराउँदा सेवाका प्रयोगमा आउनसक्ने कठिनाइका सम्बन्धमा सेवाग्राहीको गुनासो सुनुवाई गर्न सेवा प्रदायकले कम्तिमा १६ घण्टा अर्थात् बिहान ६ बजेदेखि बेलुका १० बसेसम्म हेल्प डेक्स सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तै बैंकले कार्डसँग सम्बन्धित समस्याको तत्काल समाधान गर्न २४ घण्टा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएको हो ।

साथै प्रत्येक संस्थाले गुनासो सुन्ने पदाधिकारीको नाम, पद र सम्पर्क नम्बर र इमेल ठेगाना संस्थाको वेवसाइटमा राख्नुपर्ने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ । नगद रहित कारोबार सजिलो, विश्वासिलो र पारदर्शी बनाउने उदेश्यले केन्द्रीय बैंकले विद्युतीय भ्ुक्तानी सेवा प्रदायक संस्थाहरुलाई यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।

बैंकले क्यूआर कोड, मोबाइल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, विभिन्न प्रकारका कार्ड जस्ता विद्युतीय माध्यमको प्रयोग गरी नगद रहित कारोबार गर्न राष्ट्र बैंकले सर्वसाधारणमा समेत अनुरोध गरेको छ । विद्युतीय कारोबारमा कुनै समस्या भएमा सम्बन्धीत संस्थाको हेल्प डेक्स वा गुनासो सुन्ने अधिकारीलाई सम्पर्क गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।

यसरी गरिएको गुनासो समेत सम्बोधन नभएको खण्डमा भने राष्ट्र बैंकको गुनासो दर्ता गर्ने पोर्टलमा www.gunaso.nrb.org.np मा गुनासो दर्ता गर्न वा वित्तीय ग्राहक संरक्षण इकाइको सम्पर्क नम्बर ०१–४४१५१५८ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलबार  १२ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।