ग्लोबल आइएमई बैंकको खुद नाफा २२ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?


काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा २२.६७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ५ अर्ब ७ करोड ६३ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यता, बैंकको खुद ब्याज आम्दानीमा भने २.८६ प्रतिशतले गिरावट आएको छ । गत आवमा बैंकको यस्तो आम्दानी १६ अर्ब २० करोड ३० लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १६ अर्ब ६७ करोड ९९ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

सञ्चालन मुनाफा ८ अर्ब ६८ करोड २१ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सञ्चालन मुनाफा ७ अर्ब २३ करोड ३१ लाख ७३ हजार रुपैयाँ रहेको थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार समायोजनपछि बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वितरणयोग्य मुनाफा ४ अर्ब ५ करोड ४८ लाख रुपैयाँ थियो । यसअनुसार वितरणयोग्य मुनाफा १३.०२ प्रतिशतले वृद्धि भएको छ ।

असार मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ४.९६ प्रतिशत रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४.८६ प्रतिशत थियो ।

प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ १४ पैसा रहेको छ ।

असार मसान्तसम्म बैंकले ६ खर्ब ६९ अर्ब १७ करोड १४ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकको सर्वसाधारणमा प्रवाह गरेको कर्जा तथा सापटी ४ खर्ब ३९ अर्ब ३४ करोड ५१ लाख २५ हजार रुपैयाँ पुगेको छ । यस्तै बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरूमा प्रवाह गरेको कर्जा तथा सापटी १७ अर्ब ९२ करोड ४८ लाख ६० हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको कुल सम्पत्ति ८ खर्ब २० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ रहेको छ । जगेडा कोष २७ अर्ब १० करोड ९३ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

बैंकको ऋण दायित्व ७ खर्ब ५० अर्ब ९६ करोड ३८ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार  १२ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।