हिमालयन क्यापिटल लिमिटेडले हिमालयन ८०–२० निष्काशन गर्ने भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।
निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।
लगानीकर्ताले उक्त म्युचुल फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने छन् ।उक्त इकाई खरिदका लागि साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म आवेदन दिनु पर्ने छ । सो अवधिम सबै कित्ता बिक्री नभएमा भने निष्काशन अवधि भदौ १५ गतेसम्म लम्बिने छ ।
उक्त फण्ड १० वर्ष अवधिको हुनेछ । यो एक बन्दमुखी योजना हो। लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर एपबाट पनि आवेदन दिन सक्नेछन् । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया