सिटिजन्स क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको “सिटिजन्स सुपर ३० म्युचुअल फण्ड” नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ ।
सिटिजन्स सुपर ३० म्युचुअल फण्डको ७ करोड ५० लाख ७२ हजार ३९० इकाई नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले वैशाख ६ गतेदेखि सर्वसाधारणको लागि १० करोड इकाई धितोपत्र बिक्री खुला गरेको थियो । त्यसमध्ये ७ करोड ५० लाख ७२ हजार ३९० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
नेप्सेले कम्पनीको उक्त फण्डलाई दोस्रो बजार कारोबारको लागि (C30MF) कारोबार संकेत प्रदान गरेको छ । उक्त संकेतमा भोलिदेखि सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाई कारोबार गर्न सक्ने छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया