सिटिजन्स सुपर ३० फण्डका इकाई नेप्सेमा सूचीकृत


सिटिजन्स सुपर ३० फण्डका ७ करोड ५० लाख ७२ हजार ३९० इकाई नेपाल स्टक एक्स्चेञ्जमा सूचीकरण भएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रबद्र्धक रहेको र सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन भईरहेको बन्दमुखी योजना सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईहरु मंगलबार सूचीकरण भएको हो ।

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ लगायतको उपस्थितीमा योजनाका ईकाईहरु सूचीकरण गरिएको हो ।

बुधबारदेखि उक्त योजनाका इकाईको दोस्रो बजारमा कारोबार खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलबार  १९ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।