सानिमा माई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २३ गते बिहीबार १२ औं वार्षिक साधारण सभा बोलाएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रोजनार्थ कम्पनीले असोज २४ गते बुधबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्ने छ । कम्पनीको साधारण सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने ३० करोड ८९ लाख २५ हजार १०० रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ६२ लाख ५९ हजार २१५ रुपैयाँ ७९ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै सभाले जुम खोला जलविद्युत आयोजना (५६ मे.वा.) को प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरको शेयरमा अधिकतम १ अर्ब ५० करोडसम्म लगानी गर्ने, लगानीका लागि प्रवर्द्धक कम्पनी र सम्बन्धित पक्षहरूबीच सम्झौता गर्ने प्रस्ताव पारित गर्ने छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया