दश दिनको तिहार बिदा पछि आजबाट खुल्दै सेयर बजार


तिहार र छठको बिदा पछि आजबाट सेयर बजार खुल्ने भएको छ । गत कात्तिक २३ गते बन्द भएको सेयर बजार मङ्सिर ४ गते अर्थात् आजबाट मात्र खुल्ने भएको हो ।

तिहार अगाडि केही दिन मात्रै खुलेको सेयर बजार गत कात्तिक महिनामा जम्मा १२ दिन मात्रै कारोबार भएको थियो । २३ कात्तिकमा अन्तिम कारोबारको दिन नेप्से सूचक ११.८५ अङ्कले घटेर १८५२ दशमलव ०८ को बिन्दुमा कायम भएको थियो। यसै विन्दुलाई आधार मानेर आज कारोबार सुरु हुनेछ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार  ०८ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।