सोमबार २०० बढेको सुनको भाउमा मंगलबार पनि वृद्धि भएको छ । आज सुनको भाउ ५०० रुपैयाँ बढेको हो ।
आज बढेसँगै मंगलबारका लागि छापावाला सुनको भाउ १ लाख १६ हजार २०० रुपैयाँ तोकिएको छ । हिजो छापापाला सुनको भाउ १ लाख १५ हजार ७०० रुपैयाँ तोकिएको थियो ।
यस्तै, आज तेजावी सुनको भाउ १ लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको भाउ सोमबार १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबार १ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी ५ रुपैयाँले बढेको हो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको कारोबारका आधारमा सुन चाँदीको भाउ निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९९१ दशमलव ६९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २३ दशमलव ७८ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया