युनिलिभर नेपालद्वारा भूकम्पपीडितका लागि एक करोड सहयोग


युनिलिभर नेपाल लिमिटेडले भूकम्पपीडितलाई राहत सहयोग प्रदान गरेको छ । जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्पका पीडितहरुका लागि युनिलिभरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा एक करोड रुपैयाँ सहयोग एक करोड रुपैयाँ प्रदान गरेको हो ।

युनिलिभरले भूकम्प गएको भोलिपल्टै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतका तत्काल राहत सामग्री उपलब्ध गराएको थियो ।

युनिलिभर नेपाल लिमिटेडले पीडित परिवार र राष्ट्रसँग ऐक्यबद्धता प्रकट गर्दै नेपाल सरकारको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनस्र्थापना कार्यलाई साथ दिनको लागि सहयोग गरेको जनाएको छ । सहयोग रकमको चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलबार  १३ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।