बुधबार अमेरिकी डलरको भाउ खरिद दर १३३ रुपैयाँ ०७ पैसा र बिक्री दर १३३ रुपैयाँ ६८ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २७ पैसा तोकिएको छ ।
यता बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७७ पैसा र बिक्री दर १६७ रुपैयाँ ५२ पैसा तोकिएको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३९ पैसा र बिक्री दर ८७ रुपैयाँ ७९ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६० पैसा र बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४८ पैसा र बिक्री दर ३५ रुपैयाँ ६४ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २९ पैसा छ भने बिक्री दर १० रुपैयाँ ३३ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया