सुनको भाउमा लगातार वृद्धि, कति पुग्यो ?


पछिल्लो समय नेपाली बजारमा सुनको भाउमा लगातार वृद्धि भइरहेको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको भाउ प्रतितोला १ लाख १६ हजार २०० रुपैयाँ तोकिएको थियो । यता सोमबार भने छापावाला सुनको भाउ भाउ १ लाख १५ हजार ७०० रुपैयाँ तोकिएको थियो ।

यस्तै, आज तेजावी सुनको भाउ १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको भाउ सोमबार १ लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदी १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ हिजोको तुलनामा स्थिर बनेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको कारोबारका आधारमा सुन चाँदीको भाउ निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९९८ दशमलव ०३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २३ दशमलव ८ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।