नेपाल राष्ट्र बैंकले बिहीबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ आज घटेको छ। बिहीबार १ अमेरिकी डलरको खरिद दर १३३.०२ रुपैयाँ रहँदा बिक्री दर १३३.६२ रुपैयाँ रहेको छ।
बुधबार १ अमेरिकी डलरको खरिद दर १३३.०८ रुपैयाँ र बिक्री दर १३३.६८ रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च हो।
यस्तै, १ युरोको खरिद दर आज १४५.०५ रुपैयाँ पुगेको छ। बिक्री दर १४५.७१ रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १४५.६२ रुपैयाँ र बिक्री दर १४६.२७ रुपैयाँ थियो।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ९ रूपैयाँ ०१ पैसा र बिक्रीमा ९ रूपैयाँ ०५ पैसा रहेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया