बल्खु र तीनकुने आसपासमा सड्क अवरुद्ध हुनसक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहीबार हुने प्रदर्शनको कारण उक्त ठाउँमा सड्क अवरुद्ध भएको हो ।
बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन आयोजना गरेको छ भने नेकपा (एमाले) निकट युवा सङ्घले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ । युवा सङ्घले तिनकुनेस्थित सिनामंगलतर्फ पार्टी प्यालेस अगाडी प्रदर्शन गर्दै छ ।
युवा सङ्घले सल्लाघारीबाट जुलुस निकालेर साढे १० मा तीनकुने पुग्ने गरी प्रशासनसँग समन्वय गरिरहेको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । प्रसाईँ नेतृत्वको समूहले बिहान सवा १० बजेपछि भक्तपुरसहित उपत्यकाका ७ ठाउँबाट जुलुस निकाल्ने कार्य योजना सार्वजनिक गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया