अमेरिकी डलरको भाउ बढेको छ । शुक्रबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ०७ पैसा र बिक्री दर १३३ रुपैयाँ ६७ रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ रुपैयाँमा कारोबार भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरो १४३ रुपैयाँ ३२ पैसा र बिक्री दर १४३ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
बिहीबार युरो १४३ रुपैयाँ ४९ पैसा र बिक्री दर १४४ रुपैयाँ १३ पैसा तोकिएको थियो । शुक्रबार युरो १७ पैसाले घटेको हो । शुुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४४ पैसा र बिक्री दर १६८ रुपैयाँ २० पैसा तोकिएको छ ।
उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै शुक्रबार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३५ पैसा र बिक्री दर ८७ रुपैयाँ ७४ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४७ पैसा र बिक्री दर २८ रुपैयाँ ६० पैसा रहेको छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४८ पैसा र बिक्री दर ३५ रुपैयाँ ६४ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा छ भने बिक्री दर १० रुपैयाँ १३ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।











प्रतिक्रिया