महुली लघुवित्तले लाभांश वितरण नगर्ने


महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।

माघ २७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म कायम रहेको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने निर्णय गरेको छ । लघुवित्तले सोही निर्णय अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।