लाभांश प्रस्ताव पारित गर्न स्वरोजगार लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?


स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । लघुवित्तले फागुन २६ गते शनिवार, नेपाल हाउस हात्तीसार, काठमाण्डौमा बिहान ११ः३० बजे सभा आह्वान गरेको हो ।

सभाले चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै सभाले सर्वसाधारणमा थप सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

यस्तै, सभाले २०७९\०८० को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्नेउपर छलफल गरी पारित गर्ने छ ।

यस्तै सभाले २०८०\०८१ को लेखा परीक्षण गर्नकालागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ । पन्ध्रौं वार्षिक साधारणसभा प्रयोजनको लागि कम्पनीले फागुन १३ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार, फागुन १० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भएका शेयरधनीहरु मात्र साधारणसभा तथा बोनस शेयरका लागि योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०८०, बिहिबार  ०८ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।