डिप्रोक्स लघुवित्तले १०.५२% लाभांश दिने


डिप्रोक्स लघुवित्त वित्तीय संथा लिमिटेडले १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। लघुवित्ते गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०।५२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३२ प्रतिशत नगद लाभांश गरी कूल १०.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लघुवित्तको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। लघुवित्तले नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गर्ने छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ३ फाल्गुन २०८०, बिहिबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।