आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २६औं वार्षिक साधारण सभा लैनचौर बैक्वेट्स, लैनचौर, काठमाण्डौंमा आइतबार सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष हेम राज ढकालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७९\८० को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
यस्तै, साधारण सभाबाट आगामी ४ बर्षको लागि संस्थापक समूहबाट हेम राज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल र कृति टिवडेवाल साथै सर्वसाधरण समूहबाट राजेन्द्र सिंह भण्डारी र श्री अमित अग्रवाल संचालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।
सभामा सम्पूर्ण शेयरधनी स्वागत गर्दै अध्यक्ष ढकालले नेपाली बीमा बजारमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले छुट्टै पहिचान स्थापित गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए ।
देशको समग्र आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नको लागि ठूलाठूला मेगा प्रोजेक्टहरुको स्थापना हुनु पर्नेमा विशेष जोड दिदैं अध्यक्ष ढकालले नेपालमा विकास निर्माणको लागि सड्क, जलविद्युत, कृषि, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा प्रचुर सम्भावना रहेकोले सरकारले उच्च प्राथमिकताका साथ लगानी मैत्रि वातावरणको सृजना गर्नुपर्नेमा जोड दिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया