ग्रीन डेभलपमेण्टले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा


ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा आह्वान गरेको हो ।

सभा चैत्र २७ गते, मंगलबार मेजेष्टिक लेक फन्ट होटेल एण्ड सुइट, पोखरा ६, कास्कीमा बिहान ११ सुरु हुने छ । सभाले हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

यस्तै आ.व २०७८\७९ र २०७९\८० को संचालक समितिको प्रतिवेदन, २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण तथा अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने छ ।

यस्तै सभाले लेखापरीक्षण समितिको सिफारिश बमोजिम आ.व २०८०\८१ का लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले चैत ९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।