तीन कम्पनीको १० करोड कित्ता बोनस सेयर सूचीकृत


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  फागुन २७ गते आइतबार तीन कम्पनीको १० करोड ८० लाख ३४ हजार ४४० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

स्टकका अनुसार नेपाल एसबीआइ बैंक लिमिटेडको चुक्ता पुँजी ३.७५ प्रतिशतले हुन आउने ३७ लाख ९५ हजार २३५.७६४८ कित्ता, आरएसडीसी लघुवित्त वित्तिय संस्थाको चुक्ता पुँजीको ८.६ प्रतिशतले हुन आउने ७ लाख ४७ हजार ८२८ कित्ता र मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजीको ९.७५ प्रतिशतले हुन आउने ६२ लाख ६० हजार ३७७.७६ कित्ता बोनस सेयर  सूचीकृत भएको हो ।

सोमबार सूचीकृत बोनस सेयर साधारण सभाका लागि तोकिएको बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीले डिम्याट खातामा बोनस सेयर जम्मा भएपछि खरिद बिक्री गर्न सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।