पचास शय्याको बेनी अस्पताल भवन निर्माणको अन्तिम चरणमा


म्याग्दी । बेनीस्थित प्रदेश अस्पतालको ५० शय्या क्षमताको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

१८ करोड ८४ लाख ८ हजार ८९ को लागतमा निर्माणाधीन भवनको ९५ प्रतिशत काम सम्पन्न भएको छ ।

भवनको रङरोगनको काम पनि अन्तिम चरणमा पुगेको छ । भवनदेखि बाहिर ५०० मिटर रिङरोड कालोपत्र काम मात्र बाँकी छ । ४ हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको चारतले ३ वटा भवनको भित्री भागमा झ्यालढोका र टायल राख्ने काम धमाधम भइरहेको छ ।

वि.सं २०७२ मा सरकारले बेनी अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गर्ने घोषणा गरेको हो ।

प्रकाशित मिति: २८ चैत्र २०८१, बिहिबार  ११ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।