काठमाडौँ । प्रभु लाइफ इन्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
इन्योरेन्सले एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको नाममा रहेको ५ लाख ५० हजार कित्ता, विनिता उपाध्ययको नाममा रहेको १ लाख १० हजार कित्ता र माधव प्रसाद पन्थीको नाममा रहेको ७८ हजार ५०० कित्ता सेयर गरी कूल ७ लाख ३८ हजार ८०० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयर बिक्रीको पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । संस्थापक सेयरधनीहरुले वैशाख १८ गतेदेखि ३५ दिनभित्र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रिय कार्यालय कमलादी काठमाडौँमा आवेदन दिन सक्ने छन् । आम लगानीकर्ताले भने यो पटकको लिलामीमा आवेदन दिन पाउने छैनन् ।
प्रतिक्रिया