काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवाको आयातमा दिँदै आएको डदर सटही सुविधाको सीमा बढाएको छ । बिहीबार बैंकको विदेशी विनिमय यवस्थापन विभागले परिपत्र जारी गर्दै सेवा आयातका लागि एक पटकमा ८ हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको सटही गर्न सकिने व्यवस्था गरेको हो ।
यस अघि राष्ट्र बैंकले ५ हजार डलरसम्म मात्र सटही गर्न सक्ने व्यवस्था गरेको थियो ।
राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धि ८५ वटा व्यवस्थामा एकै पटक गर्यो संशोधन
नेपाल राष्ट्र बैंकले विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी परिपत्र जारी गरेको हो ।
नेपालमा दर्ता भएका फर्म, कम्पनी वा संस्थाले एक पटकमा ८ हजार अमेरिकी डलरभन्दा बढीको विदेशी विनिमयमा दायित्व सिर्जना हुने गरी विदेशस्थित कुनै सेवा प्रदायकसँग सम्झौता गर्नुपरेमा वा सेवा वापतको भुक्तानी गर्नुपर्ने भएमा आफ्नो नियामक निकायबाट स्वीकृति वा सिफारिस लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
सिफारिस गर्ने नियामक निकायले सो सेवा आयातको भुक्तानी पठाउने रकम आवश्यकता र औचित्यको आधारमा यकिन गरी विद्यमान व्यवस्थाबमोजिम सटही सुविधा उपलब्ध गराउन सिफारिस गर्नुपर्नेछ ।












प्रतिक्रिया