भारत चीन सुध्रिदो सम्बन्ध, विगतको निरन्तरता भएकोले चिन्ता गर्नुको सट्टा कुटनीतिक चातुर्यताको माध्यम बाट लाभ लिनुपर्नेमा विज्ञको जोड


काठमाडौँ । पछिल्ला दिनमा नेपालका दुई विशाल छिमेकी मुलुक भारत र चीनबिच सम्बन्धमा आएको सुधारले नेपालमा यसको असर र अवसरको बारेमा विभिन्न तरिकाबाट चर्चा सुरु भएको छ । एकातिर सिमापार व्यापारमा संलग्न व्यापारीहरु यसबाट नेपाललाई खासै असर नपर्ने बताउँछन् । अर्काेतिर अर्थविहरु कुटनीतिक चातुर्यता मार्फत फाइदा लिनुपर्नेमा जोड दिँदै आएका छन् । विदेश सम्बन्धका जानकारहरु भने यो भारत र चिनबिचको १९५४ को सन्धिको निरन्तरता भएकोले नेपालले दुबै छिमेकीसँग सन्तुलित र समधुर सम्बन्ध राख्नुपर्ने बताउँछन् ।

हिमालय सिमापार वाणिज्य संघ भने भारत र चीनबिचको सम्बन्ध सुधार हुनु स्वभाविक प्रक्रिया भएको र यसले नेपालको व्यापारमा खासै असर पर्ने अवस्था देखिँदैन । संघका अध्यक्ष राम हरि कार्कीका अनुसार यसले नेपालको व्यापारमा तत्काल कुनै ठुलो असर पर्ने देखिँदैन । नेपालको आफ्नो व्यापारिक सम्बन्ध र बजार दुबै देशसँग छुट्टै छ । दुई ठुला छिमेकीबीच सम्बन्ध सुमधुर हुँदा व्यापारमा सकारात्मक प्रभाव पार्ने र त्यसको फाइदा नेपालाई पुग्ने व्यापारिक समुदायको आशा छ । तर हालैका दिनमा भारत र चीनबिच भएको लिपुलेकलाई द्धिपक्षीय व्यापार नाकाको रुपमा विकास गर्ने सहमतिले नेपालका व्यवसायीलाई चिन्तित बनाएको छ । नेपालले आफ्नो भुमि दाबी गर्दै आएको उक्त क्षेत्रमा नेपाललाई सहभागी नै नगराएर गरिएको उक्त सहमतिले नेपाललाई दुरगामी असर पर्न सक्ने बुझाई छ ।

चीनले नेपालमा निर्माण गरेका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली भारतले खरिद गर्न हिचकिचाउने वर्तमान अवस्थामा, दुई देशबीचको सम्बन्ध सुधारले त्यो हिचकिचाहट हट्न सक्ने अर्थविद कृष्णहरि बास्कोटाको भनाई छ ।

अर्थविदहरु भने भारत र चीनको बढ्दो सम्बन्ध नेपालका लागि अवसर र चुनौती दुबै रहेको बताएको छन् । नेपालको भारतसँग १ हजार ३०० किलोमिटर खुला सिमाना रहेको छ, सास्कृति धार्मिक हिसाबले पनि सम्बन्ध गहिरो रहेको हुनाले नेपालले भारतबाट मुख्य रुपमा कृषि उत्पादनको विकास तथा प्रवद्र्धन गरेर लाभ लिनुपर्ने देखिएको छ । गुणस्तरीय उत्पादन गरेर भारतमा निर्यात गरेर लाभ लिनुपर्छ । नेपालले दुबै देशलाई जलविद्युत र अन्य पूर्वाधारका क्षेत्रमा संयुक्त लगानीका लागि प्रेरित गर्न सक्ने सम्भावना छ । चीनले नेपालमा निर्माण गरेका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली भारतले खरिद गर्न हिचकिचाउने वर्तमान अवस्थामा, दुई देशबीचको सम्बन्ध सुधारले त्यो हिचकिचाहट हट्न सक्ने अर्थविद कृष्णहरि बास्कोटाको भनाई छ । यसका साथै नेपालको जडीबुटीको माग पनि प्रशस्त भएको हुँदा यसबाट लाभ लिनुपर्ने उनको भनाई छ । नेपाल असंलग्न राष्ट्र भएकोले नेपालले दुबै देशहरुसँग समान र समदुरीको सिद्धान्तलाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता छ ।

नेपालले भारत र चीनदुबैको समझदारी बिन्दुको रुपमा भूमिका निर्वाह गर्नुपर्छ । सबै कुरा सरकारले मात्र निर्धारण नगर्ने भएकोले व्यापारिक साझेदारीले पनि धेरै कुराहरु निर्धारण गर्ने बास्कोटाको भनाई छ । साथै उनले नेपालले उच्च कुटनैतिक रुपमा दुई देशबिचको सुसम्बन्ध कायम गर्न सक्नुपर्ने र सोही कुराले नेपालको फाइदा वा घाटा निर्धारण गर्ने बताए । हालको अवस्थामा बुझाईको फरक मात्र रहेको र कुटनीति कार्यकुशलताको माध्यमबाट यी कुराहरुमा सुधार ल्याउन सकिने बास्कोटा बताउँछन् ।

तर भारत र चीनले लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमति गर्नु नेपालको लागि सार्वभौमिकताप्रतिको बेवास्ता हो । यसले नेपालको त्रिदेशीय रणनीतिक अवस्थितिलाइ कमजोर पार्न सक्ने चिन्ता पनि बढ्न थालेको छ ।

 

उनीहरुले राष्ट्रिय हितलाई सर्वाेपरी पहलमार्फत दुबै छिमेकीबाट अधिकतम लाभ लिन सक्नुपर्ने नेपाल भारत सम्बन्धका जानकार अरुण कुमार सुवेदीको भनाई छ ।

यता, विदेश मामिलाका जानकारहरु भने नेपालले भारत र चीनसँगको व्यापारलाई एतिहासिक परिपेक्ष्यमा हेनुपर्ने बताउँछन् । नेपालले दुबै छिमेकीसँग असंलग्न र पञ्चशीलको सिद्धान्तमा आधारित भएर सम्बन्ध राख्दै आएको छ । यो सन्तुलनलाई कुनै पनि अवस्थामा बिग्रन दिन नहुने उनीहरुको सुझाव रहेको छ । उनीहरुका अनुसार नेपालको भूराजनीतिक अवस्था अत्यन्त संवेदनशील छ र एउटा छिमेकीसँग नजिकिँदा अर्काे छिमेकी टाढिन सक्ने खतरा सधैं रहन्छ । दुबै देशसँगको सम्बन्धलाई एकअर्काको विकल्पको रुपमा नभई परिपुरकको रुपमा विकास गर्नुपर्नेमा जानकारहरु जोड दिन्छन् । उनीहरुले राष्ट्रिय हितलाई सर्वाेपरी पहलमार्फत दुबै छिमेकीबाट अधिकतम लाभ लिन सक्नुपर्ने नेपाल भारत सम्बन्धका जानकार अरुण कुमार सुवेदीको भनाई छ । कुटनीतिक पहलकदमी बिना हचुवाको भरमा अभिव्यक्ति दिएर भइरहेका सम्बन्धलाइ बिगार्न नहुने उनको भनाई छ । “हामी प्राकृतिक स्रोत, सास्कृतिक सम्पदा र भूरणनीतिक अवस्थिलाई कसरी उपयोग गर्न सक्छौँ सो कुरामा नेपालको फाइदा वा घाटा निर्भर गर्छ ।” उनले भने, “चीनको लागि नेपाल भारतसँग बार्गेनीङ गर्नको लागि रणनीतिक क्षेत्र भएको र भारतको लागि शिरमा भएकोल कमजोर कडीको रुपमा नेपाल रहेको हुँदा नेपालको राजनीतिक संस्थापनले चातुर्यताको साथ सम्बन्ध कायम गर्नूपर्न हुन्छ ।”

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार  ०७ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।