काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाथवे इन्भेष्टमेन्टको मूल्य समायोजन भएको छ ।
आज हाथवे इन्भेष्टमेन्टको १२ प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजनपश्चात हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य १ हजार १२४ रुपैयाँ १० पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको मूल्य समायोजन गरेको हो। हाथवेको अघिल्लो कारोबार दिन दोस्रो बजारमा शेयरको अन्तिम मूल्य प्रतिकित्ता १ हजार २५८ रुपैयाँ ९९ पैसा कायम भएको थियो ।










प्रतिक्रिया