प्रधानमन्त्री ओलीले दिए राजीनामा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन ओलीले राजीनामा दिएका हुन् ।

उनले आज पदबाट राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।

‘…हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’ ओलीले आफ्नो राजीनामा भनेका छन् ।

हिजो सोमबारदेखि काठमाडौँलगायत मुलुकभर भएको ‘जेनजी’को प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण उनले पदबाट राजीनामा दिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत भएका ओली पछिल्लो पटक २०८१ असार ३१ गते नेपाली कांग्रेसलगायत दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्री पदबाट ओलीको राजिनामा
प्रधानमन्त्री पदबाट ओलीको राजिनामा

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार  १४ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।