काठमाडौं । सेयर कारोबार आजदेखि पुनः सुरु हुने भएको छ । भदौ २३ गतेको जेनजी आन्दोलन चर्किएसँगै भदौ २४ देखि बन्द भएको सेयर कारोबार आजदेखि सुरु हुने भएको हो ।
नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द भएको थियो । शेयर कारोबार बन्द गरिएको थियो ।
नेप्सेले असोज १ गतेबाट कारोबार खुलाउने गृहकार्य गरेको भए पनि जेनजी आन्दोलनका शहीदहरुको सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेपछि सेबोनले असोज २ गतेबाट कारोबार खोल्न नेप्सेलाई निर्देशन दिएको थियो ।
अवस्था सहज भए पनि सेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्सेको आलोचना हुँदै आएको थियो । धेरै दिनपछि बजार खुल्ने भएकोले आज बजार घट्छ कि बढ्छ भन्ने दुविधा लगानीकर्तामा छ । केही सत्ता परिवर्तन भएपछि बजार घट्छ भन्ने आँकलन गर्दै छन् भने नयाँ सरकारमा आशावादी रहेनेहरु आज बजार बढ्ने आाकलन गर्न थालेका छन् ।












प्रतिक्रिया