नेपाल ल्यूब आयलको बोनस शेयर घोषणा


काठमाडौँ । नेपाल ल्यूब आयलले बोनस सेयर घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

उत्त बोनस शेयर वितरणको प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते, द प्लाजा, पुल्चोक, ललितपुरमा साढे ११ बजे ३४ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सो सभाले बोनस शेयरको कर प्रयोजनार्थ १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने, २०० प्रतिशत हकप्रद शेयर निष्काशन गरी प्राप्त रकमको उपयोग गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालकहरुको नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागित जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

 

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।