एकाएक एनआइसी एसियाका सिईओ न्यौपानेले किन दिए राजीनामा ?


काठमाडौं । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन् ।

बैंक सञ्चालक समितिको बिहीवारको बैठकले उनको राजीनामा स्वीकृत गरेको बताइएको छ ।

सीईओ न्यौपानेले स्वास्थ्यमा समस्या भएको भन्दै राजीनामा दिएको बताइएको छ । उनी २०७९ कात्तिकमा चार वर्षका लागि सीईओ नियुक्त भएका थिए ।

त्यसअनुसार उनको कार्यकाल एक वर्षभन्दा बढी बाँकी थियो । उक्त बैठकले बिहीवारबाटै लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार  ०९ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।