मन्त्री घिसिङ र अमेरिकी राजदूतबीच भेटवार्ता


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर.थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई राजदूत थम्पसन अमेरिकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

भेटमा नेपाल–अमेरिकी सहयोग, अमेरिकी सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था, जेन—जी आन्दोलनको क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माणलगायतका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री घिसिङले अहिलकोे सरकारको मुख्य प्राथमिकताको रुपमा आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, आम चुनाव र सुशासन कायम गर्नु रहेको बताए ।

राजदूत थम्पसन अमेरिकले नेपाललाई गर्दै आएको सहयोग जारी रहने उल्लेख गरे ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार  ०८ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।