पियोर इनर्जीको नाफा ७१.२३ प्रतिशतले बढ्यो


काठमाडौँ । पियोर इनर्जी लिमिटेडले तीन महिनासम्ममा कम्पनीले ९० लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१.२३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी १.०९ प्रतिशतले घटेर ६ करोड ५५ लाख रु्रपैयाँ घटेको छ भने कुल आम्दानी १.०४ प्रतिशतले घटेर ६ करोड ५५ लाख रुपैयाँमा सिमित भएको छ ।

कम्पनीको कुल खर्च भने समीक्षा अवधिमा ७.४७ प्रतिशतले ५ करोड ६२ लाख रुपैयाँले घटेको छ। जसका कारण नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ २२ पैसा बढेर ४ रुपैयाँ ५० पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ६१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६४.८८ गुणा रहेको छ ।

चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको यस कम्पनीको अन्य इक्विटी १ करोड २८ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार  १३ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।